काठमाडौँ । प्रहरीले अदालतबाट ७ दिन कैद र ७३ लाख ५० हजार जरिवाना तोके पश्चात् फरार भएकी एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाची पाणिनी गा.पा. ८ घर भै हाल काठमाडौँको बसुन्धारा बस्दै आएकी ३५ बर्षिया अप्सरा खातुन रहेकी छन् ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनकाे विसं २०७७ मङ्सिर १६ गतेको फैसलापछि ७ दिन कैद र बिगोबमोजिम ७३ लाख ५० हजार जरिवानापछि फरार रहेकी खातुनलाई चुन्निखेलबाट पक्राउ गरेकाे हाे ।
पक्राउ परेकी खातुनले आफ्नो नबिल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।
पक्राउ परेकी खातुनलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।