Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने १८ जना न्यायाधीशविरुद्ध अदालतमा रिट दर्ता गर्ने तयारी


    बुधबार, कार्तिक १० २०७८
    405
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर फर्किएका अभियानकर्मीमध्येका अधिवक्ता स्वागत नेपालले बन्दीप्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दाको समेत सुनुवाइ नगरेको भन्दै प्रधानन्यायाधीशलाई आपत्ति जनाइसकेको र बिहीबार पनि सुनुवाइ नगरे मुद्दा दर्ताको तयारी गरेको जानकारी दिए ।

    न्यायाधीशसँगै सिंगो नेपाल बार प्रधानन्यायाधीशविरुद्ध लागिरहेका बेला नेपालसहितका अधिवक्ताहरू कृष्ण प्रसाई, अनिल उपाध्याय, नवीन मैनालीलगायत १५ कानुन व्यवसायी आन्दोलनका नाममा मुद्दा नहेर्ने न्यायाधीशविरुद्ध मुद्दाको तयारीमा जुटेका हुन् ।

    ‘बिहीबार पनि न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरण जस्ता मुद्दा हेरेनन् भने हामी सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्छौं,’ अधिवक्ता नेपालले न्युज कारखानासँग भने ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार