Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एन्फा र प्रशिक्षक अल्मुताइरीबीचको विवाद मिल्यो, अल्मुताइरी तीन वर्ष नेपालमै रहने


    बुधबार, कार्तिक १० २०७८
    515
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् ।

    बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई  मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् 

    ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छुऽ’ उनले लेखेका छन् । 

    अलमुताइरीले दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् । ‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँऽ’ साफ च्याम्पियनसिप इतिहासमा पहिलोपटक नेपाललाई फाइनल पुर्‍याएका अब्दुल्लाहले भनेका छन् । 

    नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । फाइनलअघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका छन् । यद्यपि एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा राखेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार