Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ६ अर्ब माथिको कारोबार


    बुधबार, कार्तिक १० २०७८
    490
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । १८ दशमलव ६ अंकले बढेर आज नेप्से दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ५१ दशमलब सात विन्दुमा पुगेको थियो ।

         
    आज ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । यस बैंकको ४३ करोड भन्दाबढीको कारोबार भएको छ ।  आज जीवन बिमा समूहको सूचकमा दुई अंकको सुधार भएको छ भने निर्जीवन बिमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको सुधार भएको छ । आज ओरालो लाग्ने समूहको सूचकमा होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । 

    आज सबैभन्दा धेरै कमाउनेमा बेष्ट फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य आठ दशमलव ६८ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेड कन्भर्टिवल प्रिफरेन्सका लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्य मानइनस पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार