Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनको सुझाव


    बुधबार, कार्तिक १० २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ ।

    बुधबार विज्ञप्ति जारी गरी बृहत नागरिक आन्दोलनले  प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो ।

    ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    संवैधानिक अंगहरुमा भागबण्डा गरेको घटनाले न्यापालिकाको मर्यादा गिरेको भन्दै नागरिक आन्दोलनले न्यायाधीशको रुपमा सेवा प्रवेश गर्दा नै मिलेमतोको आरोप लागेका जबराको न्यायायिक जीवन विवादास्पद रहँदै आउनु र त्यसको कतै जवाफदेहिता नखोजिनु अहिलेको अव्यवस्थाको आधार भएको बताएको छ ।

    बृहत नागरिक आन्दोलनले जारी गरेको प्रेस विज्ञप्ति

    BNA-Press-Release-2.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार