Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायाधीशको आन्दोलनपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ


    बुधबार, कार्तिक १० २०७८
    375
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतकै १५ जना न्यायाधीश इजलास छोडेर आन्दोलनमा लागेपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई सर्वोच्च प्रशासनको आदेश भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका छन् । 

    संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्षसमेत रहेका पत्रकार दुर्गा दुलालका अनुसार प्रहरीले अधिकांश पत्रकारलाई प्रवेशमा रोक लगाएको छ । 
    सर्वोच्च प्रशासले सूचना विभागको पास भएकालाई प्रवेश दिइने भने पनि हालसम्म पत्रकारले सहज प्रवेश नपाएको उनले न्युज कारखानालाई जानकारी दिए ।

     
    सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने बुधवार (आज)बाट एक्लैले मुद्दाको सुनुवाइ थालेका छन् ।

    जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्दा राखेर आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ थालेका छन् । 

    दुई दिनसम्म पेसी तोके पनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै बुधबारबाट इजलासमा मुद्दा आफूलाई समेत तोकेका छन् । 
    असन्तुष्ट १५ जना न्यायाधीशहरू भने जबराको बर्हिगमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन् ।

    सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरू रणनीति बनाइरहेका छन् । तर, जबराले भने इजलासमा सुनुवाइ थालेका हुन् । सुनुवाइ थाले पनि बहसका लागि कानुन व्यवसायीहरू भने इजलासमा पुगिसकेका छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार