Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशको इजलास सुरु


    बुधबार, कार्तिक १० २०७८
    480
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ ।

    अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरेर इजलास बहिष्कार गरिरहँदा जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् । 

    प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।

    त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार