Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चीनले अफगानिस्तानलाई ५० लाख डलर सहयोग गर्ने


    बुधबार, कार्तिक १० २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनले अफगानिस्तानलाई थप ५० लाख डलर बराबरको मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारको राजधानी दोहामा तालिवानसँगको  उच्चस्तरीय छलफलपछि चीनका विदेशमन्त्री वाङ लीले सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । चीनले यसअघि अफगानिस्तानलाई १० लाख डलर सहयोग गरिसकेको छ । 

    तालिवान प्रवत्ता जाबिहुल्ला मुजाहिदले चीनले प्रदान गरेको सहयोग औषधी, खाद्यन्नलगायतका अत्यावेश्यक क्षेत्रमा परिचालन गरिने जानाकारी दिए । तालिवानका उपप्रधानमन्त्री मुल्लाह बर्दार र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो वैठकपछि चीनले अफगानिस्तानलाई सहयोग गरेको हो । 

    सो अवसरमा अफगानिस्तानको राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल भएको थियो । भेटका अवसरमा चिनियाँ विदेशमन्त्री वाङले तालिवानले अझै धेरै खुला र सहनशीलता प्रदर्शन गर्न जरुरी भएको बताएका थिए । 

    चीनको सुरक्षा चासोबारे अफगान तालिवानले ठूलो महत्व दिएको वैठकपछि बरदारले जानाकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार