Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    बुधबार, कार्तिक १० २०७८
    515
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

    बुधबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको एक हजार २६५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार