Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टुरिनलाई हराउँदै लिगकाे शीर्ष स्थानमा फर्कियाे एसी मिलान, अपराजित यात्रा कायमै


    बुधबार, कार्तिक १० २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। टुरिनविरुद्ध झिनो गोल अन्तरले विजयी हुँदै एसी मिलान इटालियन सिरी ए लिगकाे शीर्ष स्थानमा फर्किएको छ ।  मंगलबार राति भएको खेलमा मिलानले टुरिनलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

    घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन चेल्सीका पूर्वस्ट्राइकर ओलिभियर जिराउडले १४ मिनेटमा गरेको गोल निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन् । 

    जितसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ । 
    दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ । 

    मिलानसँग पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औँ स्थानमा छ । 

    मंगलबार राति भएका अन्य दुई खेलमा १० खेलाडीमा सीमित भेनेजियालाई सेलेर्निटनाले २-१ गोल अन्तरले पराजित गरेकाे छ । स्पेजिया र जिनोयाले १-१ गोलको बराबरी खेले ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार