Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तो छ आजको मौसम ?


    बुधबार, कार्तिक १० २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको  सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस ।

    यद्यपि, दिउँसो पहाडी भूभागमा बदली  रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

    राति पहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना छ । 

    बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार