Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्‍यास लिक हुँदा घरमा आगलागी, पाँच लाख बराबरको धनमाल जलेर नष्ट


    मंगलबार, कार्तिक ९ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । मध्यपुरथिमि नगरपालिका-२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ ।

    मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
    आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार