Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ  


    मंगलबार, कार्तिक ९ २०७८
    405
    Shares
  • १ मिनेट पाठ
  • कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौनशोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त स्थानबाट उद्दार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    उनीहरु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार