Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटीबारे छलफल हुने


    बिहिबार, जेष्ठ २२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २२ जेठ । बिहीबार अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको र व्यापारीहरुले लकडाउन उल्लंघन गर्दै पसलहरु खोल्न थालिसकेकाले मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । सरकारले पछिल्लो पटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ ।

    लामो समयको लकडाउनले जिविकोपार्जनमा समस्या भएपछि र राजश्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाव छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार