Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनआईसी एशिया बैंकको लापरबाही, भक्तपुर नगरबासीलाई कर तिर्नै सास्ती


    मंगलबार, कार्तिक ९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरबासीलाई राजस्व तिर्न सहजताका लागि बैंक काउन्टर खोलेको छ । नगरपालिकाबाट हुने बैंकिङ कारोबारलाई सरल, सहज र ब्यवस्थित तुल्याउन कार्यालय परिसरमा एनआईसी एसिया बैंकको काउन्टर राखेको हो । तर बैंकले काउन्टर खोलेपछि पनि नगरबासीले सहज सेवा पाउन सकेका छैनन् । एनआईसी एशिया बैंकले नगरबासीलाई छिटोछरितो सेवा दिन सकेको छैन । सेवाको स्तर दयनीय छ ।  

    एनआईसी एशिया विकास बैंकले काउन्टरमा २ जना कर्मचारीमात्र राखेको छ ।  कर्मचारीको संख्या पर्याप्त मात्रामा नहुँदा काउन्टरमा कर तिर्न आउनेहरुले घन्टौं लाइनमा बस्नुपरेको गुनासो गर्दैआएका छन् । नगरपालिकाबाट काम लिने सिलसिलामा ब्यक्ति वा उपभोक्ता समितिको बैंकखाता खोल्नुपर्ने भएमा खाता खोल्न लामो समय लगाउने तथा अनावश्यक झन्झट सृजना गर्ने गरिएको छ । बुढाबुढी असक्त तथा अपाङ्गता भएका ब्यक्तिको लागि कुनै खालको प्रबन्ध छैन ।

    एनआईसी बैंकले नगरपालिकाको करोडौं निक्षेप चलाउन पाएको छ । तर बैंकका अधिकारीले कर्मचारी २ जनामात्र राख्ने र राति ९ बजेसम्म काममा जोताएर चर्को श्रम शोषण समेत गर्दैआएका छन् । कर्मचारीलाई १२ घन्टा काममा लगाएर श्रम शोषण गर्ने एनआईसीका संचालकहरुले ऋणीहरुलाई भने सास्ती दिने गरेका छन् । कर्मचारीलाई सीमित तलव सुविधा दिने र १२ घन्टा काम लगाएर संचालकहरु मोटाएका छन् ।      

    नगर कार्यपालिकाको वडा कार्यालयमा दैनिक रुपमा संकलन हुने राजस्व दाखिला गर्ने जिम्मेवारी पनि बैंकलाई भए पनि सो काम पनि नियमित रुपमा नहुने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयमा दर्ता भएको छ । नगरपालिकाबाट आम्दानी बुझ्ने तर नगरपालिका र पार्टीहरुबाट करकट्टी भइआएको बिभिन्न शीर्षकको राजस्व दाखिला गर्नुपर्ने करकट्टी चाहिँ बैंकले नबुझिदिनाले सेवाग्राही मात्रै नभएर स्वयं कार्यालयका कर्मचारी समेत दिक्क छन् । बैंकको सेवा प्रवाह चित्तबुझ्दो नभएकाले यसअघिका प्रमुख प्रशासकीय अधिकृतहले बैंकसँग स्पष्टीकरण नै सोधेको भए पनि शक्तिकेन्द्रमा चाकरी गरी पहुँच र प्रभाव देखाई काउन्टर यथावत राख्न सफल भएको छ ।

    नगरबासीलाई छिटोछरितो सेवा दिन नसक्ने बैंककोबारेमा कहाँ गुनासो गर्न सकिन्छ भन्ने जिज्ञासामा राष्ट्रबैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले भने–‘बैंकले पर्याप्त जनशक्ति ब्यवस्थापन नगरेकाले ढिलासुस्ती भएको हो भने सम्बन्धित बैंकको मुख्य कार्यालयलाई गुनासो गर्नसकिन्छ ।’ उनले भने–‘मुख्य कार्यालयमा गुनासो गर्दा पनि बैंकले सुनुवाइ नगरेमा काउन्टर खोल्न अनुमति दिने निकायले विकल्प खोज्न सक्छ ।’

    सम्बन्धित बैंकले सुनुवाइ नगरेमा कहाँ गुनासो गर्ने भन्ने प्रश्नमा सहायक प्रवक्ता पोखरेलले भने–‘राष्ट्रबैंकको बेबसाइटमा गुनासो गर्ने ब्यवस्था छ । त्यहाँ आफ्नो गुनासो राखे त्यसको सम्बोधन हुनेछ ।’ 
    छिटोछरितो सेवाका लागि विद्युतीय भुक्तानीका औजारहरुलाई बढावा दिनुपर्छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार