Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु, कस्तो आउला निष्कर्ष ?


    मंगलबार, कार्तिक ९ २०७८
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।

    प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । 

    राजनीतिक मुद्दामा सौदाबाजी गर्ने, जघन्य अपराधको अभियोगमा जेल बसिरहेकालाई तजबिजका आधारमा घर पठाइदिने, न्यायिक सुनुवाइ जानाजान ढिलाइ गरिदिने शैलीमा अभ्यस्त प्रधानन्यायाधीशले अब न्यायिक नेतृत्व गर्न नसक्ने निष्कर्षमा सर्वोच्च अदालतका न्यायाधीशहरु पुगेका छन् ।

    यसैबीच नेपाल बारले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने तयारी गरेको छ । सर्वोच्च अदालत बार एसोसिएशनले भने हिजो नै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको थियो ।

    प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफलले कस्तो निष्कर्ष निकाल्छ भन्नेमा सर्वत्र चासो बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार