Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली भन्छन्: भीम रावलले किन वडा अधिवेशन भएको छैन भन्नुभयो, म सोध्छु


    मंगलबार, कार्तिक ९ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन भएको जानकारी नआएको बताएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसबारे प्रतिक्रिया दिएका छन् । 

    सुदूरपश्चिममा वडा अधिवेशन नै नभएको भन्ने रावलको भनाइबारे आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अधिवेशन भएको बताएका हुन् ।

    ‘उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म काठमाडौं गएर सोध्छु,’ ओलीले भने ।

    एमालेले कात्तिक ६ गते वडा अधिवेशन राखेको थियो ।

    छ हजारभन्दा बढी वडामा अधिवेशन सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए पनि रावलले भने सुदूरपश्चिममा वडा अधिवेशन भएको जानकारी नआएको बताएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार