Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी प्रधान कार्यालयमा उजुरी, एसपीसहित घुमुवाको टोली नै तानियो 


    सोमबार, कार्तिक ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटलाई शनिबार तानेको छ । उनलाई प्रहरी हेडक्वाटरमा तानेर बसन्त रजौरेलाई धनु्षाको एसपीमा काजसरुवा गरेको छ । सर्लाहीका एसपी सन्तोषसिंह राठौरको १४ महिना अवधि पुगेकाले तानिएका छन् । तर धनुषाका एसपी रानाभाट सरुवा भएको ९ महिनामै तानिएका छन् । धनुषाका एसपी रानाभाटले घुमुवाको टोली नै परिचालन गरी घुस असुली गरेको उजुरी परेपछि तानिएको स्रोतले बताएको छ । एसपी रानभाटसहित प्रहरी आचरण बिपरीत क्रियाकलाप गर्ने घुमुवाहरु पनि तानिएका छन् ।

    एसपी रानाभाटको घुस असुली टोलीका घुमुवाहरु हवल्दार सुरेन्द्र ठाकुर, भोगेन्द्र पासवान र सुरेन्द्र्रबहादुर कार्की तानिएका छन् । अर्का घुमुवा रामसेवक ठाकुर पनि उजुरी परेपछि तानिएका छन् । बागमती प्रदेश ट्राफिकका प्रमुख हुँदा घुस असुलीमा निपुर्ण भएकाले सुरेन्द्रबहादुर कार्कीलाई एसपी रानभाटले धनुषा सरुवा भएपछि उतै लगेका थिए ।

    धनुषाको एसपीमा सरुवा भएपछि एसपी रानाभाटले यी चारै घुमुवालाई परिचालन गरी सीमानाकाबाट तस्करहरुदेखि नदी दोहन गर्ने र लागूऔषधका कारोबारीहरुसँग पनि घुस असुली गरी लाभ लिने गरेका थिए । लामो समयदेखि हाकिमको घुमुवाका रुपमा असुलीमा परिचालित भएका उनीहरुका बारेमा प्रहरी प्रधान कार्यालयमा उजुरी प्राप्त भएपछि एसपीसहित सबैलाई तानिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार