Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेडपाण्डाको छालासहित ५ जना पक्राउ


    सोमबार, कार्तिक ८ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले  दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ का २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ का २० वर्षीय सुभाष गिरी र रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ का २० वर्षीय दावा घले रहेका छन् ।

     महाशाखाका अनुसार रेडपाण्डाको छाला अवैध रुपमा बिक्री गर्न लागेको सूचनाको आधारमा चावहिलको एक क्याफेबाट उनीहरुलाई आइतबार पक्राउ गरिएकोहाे ।

    पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार