Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बस दुर्घटना हुँदा ५४ यात्रु घाइते, १० जनाको अवस्था गम्भीर


    सोमबार, कार्तिक ८ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाँचथर । पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ ।

    पाँचथरको फिदिम नगरपालिका–४ सिवादाेभानबाट बिर्तामाेडका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेर दुर्घटनामा परेको हो ।

    अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पलात पाँचथर सहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये १० जना यात्रुको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि झापातर्फ पठाउने तयारी भइरहेको छ । 

    दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।

    कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दुरी पार नहुँदा बस दुर्घटनामा परेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार