Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश प्रकरण: एमाले मौन, नेकपा एसले भन्यो- अध्ययन गर्दैछाैँ


    सोमबार, कार्तिक ८ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन् ।

    प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले नोटिसमा लिएको बताएका छ । सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ । 

    एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताए ।
    नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेकाे’ बताए । ‘यसबारे पार्टीमा छलफल गरेका छैनौ, तर विषयबस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’ खतिवडाले भने । 

    प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उनीमाथि राजीनामा चर्काे दबाब छ । जबराले आज साेमबारका लागि सर्वाेच्च अदालतकाे फुलकाेर्ट बाेलाएका छन् । तर, सर्वाेच्चका १४ न्यायाधीशले बहिस्कारकाे निर्णय लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार