Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका २१ बर्षीय मजदुर खाबी लेम


    सोमबार, कार्तिक ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा चार्ली डी’अमेलियोपछि दोस्रो स्थानमा छन् । उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन्।

    धेरैले लेमले अमेरिकी नृत्याङ्गना डी’अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् । डी’अमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्‍याउने पहिलो व्यक्ति हुन् । उनको अहिले एक अर्ब २० करोडभन्दा बढी फलोअर छन् ।

    खाबी लेम को हुन्?
    खाबाने लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन्। उनी २१ वर्षका भए। अहिले इटलीमा बस्छन्।

    एउटा कारखानामा मजदुरका रूपमा काम गर्ने उनले कोभिड महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।

    उनी रमाइला भिडिओहरू बनाएर अन्य मानिसले कसरी सहजै हुने कुरालाई बिनाकारण जटिल बनाएका छन् भनेर देखाउँछन्। तर, भिडिओमा उनी बोल्दैनन्।

    उनका अनुसार उनको अनुहारको नाटकीय भावभङ्गि देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन।

    लेम फुटबल खुब हेर्छन् र कतिपय भिडिओमा फुटबल जर्सी लगाउँछन्। उनको मन पर्ने टोली युभेन्ट्स हो। आफू चलचित्रकर्मी इडी मर्फी र विल स्मिथबाट उत्प्रेरित भएको उनको भनाइ छ।

    के टिकटकमा उनी सबैभन्दा चर्चित बन्छन् त?
    चार्ली डी’अमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्‍याउने प्रथम व्यक्ति हुन्। डी’अमेलियो लामो समयदेखि टिकटकमा पहिलो स्थानमा छिन् तर लेमले छिट्टै नै उनलाई उछिन्न सक्ने सङ्केत देखा परेको छ।

    गत ३० दिनमा लेमका फलोअर दुई करोड १९ लाखले बढेको सोशल ब्लेड नामक वेबसाइटले जनाएको छ। सो अवधिमा डी’अमेलियोका फलोअर २६ लाख मात्रै बढे। बीबीसी नेपाली 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार