Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्टर र युभेन्टसबीचकाे खेल बराबरीमा राेकियाे


    सोमबार, कार्तिक ८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युभेन्ट्स र इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

    आइतबार राति खेलको अन्तिम समयमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि इन्टर मिलान र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेका हुन् ।

    घरेलु टोलीले इन्टरले खेलको १७औँ मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो । खेलको अन्तिम समयमा डिबलाले गोल गर्दै युभेन्ट्सको हार टारे ।

    यो बराबरीपछि इन्टर ९ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । युभेन्ट्स १५ अंक जोडेर छैटौँ स्थानमा छ ।

    आइतबार राति भएको खेलमा एटलान्टा र उडिनेसले १-१ को बराबरी खेल्दा फियोरेन्टिनाविरुद्ध क्याग्लिएरी ३-०को जित पायो । यस्तै  हेलास भेरोनाविरुद्ध लाजियो ४–१ ले विजयी रहँदा ) रोमा र  नेपोलीले गोल रहित बराबरी खेले ।

    सिरी ए मा ९ खेलबाट २५ अंकसहित नापोली शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार