Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिजनको पहिलो ‘एल क्लासिको’मा रियल म्याड्रिड विजयी


    सोमबार, कार्तिक ८ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१  गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । 

    रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले एक/एक गोल गरे । घरेलु टोली बार्सिलोनाको लागि सर्जियो अग्वुईरोले सान्त्वना गोल गरे । 

    खेलको ३२ मिनेटमा अलावाले रियललाई अग्रता दिलाए । उनले काउण्टरमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । 

    दोस्रो गोल ९० मिनेटपछि थपिएको ७ मिनेटमा सम्भव भएको थियो । काउण्टर बलमा लुकास भास्क्वेइजले गोल गरे । उनले सिक्स यार्ड बक्सबाट गोल गर्दै रियललाई  २–० को अग्रता बनाए । 

    बार्सिलोनाको लागि सर्जियो अग्वुइरोले सान्त्वना गोल गरे । सर्जियो डेस्टको पासमा सिक्स यार्ड बाक्सबाट सहज गोल गरे । 

    जितसँगै रियल ९ खेलबाट २० अंक सहित शीर्षस्थानमा उक्लिएको छ ।

    समान २० अंक भएपनि सेभिल्ला दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ९ खेलबाट १५ अंकसहित आठौं स्थानमा यथावत छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार