धनगढी । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा दार्चुला बाहेकका जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था कमजोर बन्यो । दार्चुलाबाहेकका आठवटा जिल्लामा देउवा निकट महाधिवेशन प्रतिनिधि विजयी भएका थिए । आठवटै जिल्ला सभापति पनि देउवा निकट थिए ।
तर, १४औँ महाधिवेशनमा भने समीकरण केही बदलिएको छ । अहिले रामचन्द्र पौडेल खेमाबाट सुदूरपश्चिमका तीनवटा जिल्लामा सभापति विजयी भएका छन् । देउवा खेमाको राम्रो पकड रहेको भनिएका बाजुरा र बझाङमा पौडेल खेमाबाट सभापतिका उम्मेदवार बनेका व्यक्ति विजयी भएका छन् भने दार्चुलामा पौडेलको स्थिति यथावत् छ ।
बाजुरामा पौडेल खेमाका रामसिंह रावल सभापतिमा विजयी भएका छन् । बाजुराबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिमा पनि पौडेल खेमा हाबी देखिएको छ । बाजुरा क्षेत्र नम्बर ‘क’बाट १७ जना क्षेत्रीय प्रतिनिधि चयन भएकामा नौ जना पौडेल खेमाका छन् ।
यसैगरी क्षेत्र नम्बर ‘ख’बाट विजयी १७ जनामध्ये १३ जना पौडेल खेमाका रहेका छन् । बाजुराबाट ३४ जना क्षेत्रीय प्रतिनिधिमध्ये २२ जना पौडेल खेमाबाट र १२ जना देउवा खेमाबाट विजयी भएका छन् ।
वरिष्ठ नेता पौडेलले यस पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पनि राम्रो उपस्थिति जनाएका छन् । डडेल्धुरामा देउवाको एकलौटी पकड थियो । तर, यस पटक भने डडेल्धुराका सभापति कर्ण मल्लसहित आधा कांग्रेसका कार्यकर्ता देउवाविरुद्ध उभिएका छन् । यसका कारण कांग्रेस सभापति देउवाले डडेल्धुरामा क्रियाशील सदस्यता वितरणमा प्रत्यक्ष हस्तक्षेप मात्र गरेनन्, एक पक्षीय रूपमा वडा र पालिका अधिवेशनसमेत गरेका छन् ।
सामान्य स्थितिमा देउवाले गृह जिल्लामा यति ठूलो हस्तक्षेप गर्ने अवस्था आउँदैन । यसले पनि सुदूरपश्चिममा कांग्रेस नेता पौडेलले आफ्नो पकड बलियो बनाएको भनेर बुझ्न जोकोहीलाई सहज भएको छ ।
बैतडीमा पनि देउवा र पौडेलको प्रतिस्पर्धा देखिन्छ । वडा तहबाट एक हजार ४५० प्रतिनिधि चयन भएकामा देउवा र पौडेल खेमाले आआफ्नो बहुमत रहेको दाबी गरिरहेका छन् । देउवा खेमाले ७० प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा पौडेल खेमाले ६० प्रतिशतको दाबी गरिरहेको छ । बैतडीका १० वटामध्ये छवटा स्थानीय तहमा देउवा र चारवटा स्थानीय तहमा पौडेल खेमाका उम्मेदवार विजयी भएका छन् ।
जिल्ला अधिवेशनमा पनि बैतडीमा देउवा र पौडेल खेमाबीच प्रतिस्पर्धा कडा हुने देखिन्छ । देउवा खेमाबाट सभापतिका उम्मेदवार बनेका शिवराज भट्ट कांग्रेस प्रजातान्त्रिक हुँदै नेपाली कांग्रेसका सभापति भइसेका व्यक्ति हुन् । यसैगरी पौडेल खेमाहबाट चतुरबहादुर चन्दले सभापतिमा उम्मेदवारी दिएका छन् । क्रिकेट संघका अध्यक्षसमेत रहेका उनी युवामाझ बढी घुलमिल भएका व्यक्ति हुन् ।
नेपाली कांग्रेसका सभापति देउवाको राम्रो पकड रहेको कंचनपुरमा पनि पौडेल खेमाले यस पटक स्थिति सुधारेको छ । कांग्रेसको वडा अधिवेशनमा कंचनपुरमा निर्वाचित हुने प्रतिनिधिको संख्याले पनि जिल्लामा देउवा र पौडेल खेमाबीच टक्कर हुने देखिन्छ ।
आफ्नो सम्बन्ध सुधार गर्नकै लागि कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार कैलाली र कंचनपुर आएका थिए । पौडेल कैलाली र कंचनपुर आउनु एक दिनअघि मात्र सभापति देउवा सुदूरपश्चिमबाट काठमाडौं फर्किएका थिए । यद्यपि, देउवा देशको प्रधानमन्त्रीको हैसियतसहित सुदूरपश्चिममा बाढी-पहिरोले गरेको क्षतिका बारेमा बुझ्न सुदूरपश्चिम आएका थिए । सो क्रममा देउवाले सुदूरपश्चिमस्थित कांग्रेसका नेता तथा कार्यकर्तालाई भेटेका थिए ।
शनिबार आएका वरिष्ठ नेता पौडेलले पनि सुदूरपश्चिममा बाढी-पहिरोबाट भएको क्षति र प्रभावित समुदायको अवस्था बुझ्न कैलाली र कंचनपुर आएको बताएका थिए । तर, बाढी-पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा बढी क्षति पुर्याएको छ । पौडेल पहाडी क्षेत्रमा भने गएनन् ।
कैलालीमा क्रियाशील विवादका कारण नेपाली कांग्रेसको वडा अधिवेशनसमेत हुन सकेको छैन । तर, कैलाली क्षेत्र नम्बर- ५ का प्रभावशाली नेता संविधानसभा सदस्य पुष्करनाथ ओझामाथि गरिएको कारबाहीका कारण देउवा खेमालाई केही असहज हुने देखिन्छ । ओझाको कारबाही फुकुवाको माग गर्दै लविङ गरेका वरिष्ठ नेता पौडेलले त्यसको फाइदा कैलालीमा लिन सक्नेछन् ।
सुदूरपश्चिममा देउवाको अवस्था बिग्रनुका पछाडि देउवापत्नी आरजू राणा देउवाको भूमिका कारण मानिँदै आएको छ । आरजूले कांग्रेसको तल्लो निकायसम्म नै नेता, कार्यकर्तालाई चिढ्याउने गरी काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । आफूलाई मनपरेका नेता, कार्यकर्तालाई काखी च्यापेर अरूलाई बेवास्ता गर्ने आरजूको शैलीप्रति कांग्रेसका धेरै नेता, कार्यकर्ता रुष्ट बनेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend