Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापा पुगेर ओलीले भने: राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौं


    आइतबार, कार्तिक ७ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताएका छन् ।

    आज नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रिय हित र संवद्र्धन गर्ने काममा पार्टीले कहिले कसैसँग पनि अनैतिक सम्झौता नगर्ने बताए ।

    उनले देशमा सुशासन कायम गर्ने, विकासको लहर ल्याउने कुरा र समृद्ध नेपाल सुखी नेपाली बनाउने काममा नेकपा एमाले एक ढिक्का भएर लाग्ने बताए । अध्यक्ष ओलीले भने, “राष्ट्रिय हितको संरक्षण र संवद्र्धन गर्ने कुरामा नेकपा एमालेले अनुचित सम्झौता गर्दैन, जहिल्यै नेपाली र राष्ट्रको शिर माथि उठाउने काममा प्रतिबद्ध रहन्छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार