Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगले विजयी घोषणा गरेको चार वर्षपछि अर्कै बने वडा अध्यक्ष


    आइतबार, कार्तिक ७ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका- ५ का स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् ।

    स्वतन्त्र उम्मेदवार रायले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशपछि चार वर्षपछि पुनः  आइतबारदेखि जनकपुर उच्च अदालतको सभाहलमा मतगणनामा सुरु भएको थियो ।

    रायले २६८ मत र नेपाली काङ्ग्रेसबाट विजयी भएको भन्दै हालसम्म वडा अध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

    २ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीका तीन बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो ।

    निर्वाचन आयोगले गोलाप्रथाद्वारा नेपाली काङ्ग्रेसका उम्मेदवार चौधरीलाई विजयी भएको घोषणा गरे पनि स्वतन्त्र उम्मेदवार रायले आफ्नो अनुपस्थितमा विजयी घोषणा गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा  दायर गरेका थिए ।

    ६ चैत २०७७ मा उच्चअदालत जनकपुरकै आदेशलाई सर्वोच्चले सदर गरिदिएकामा कोरोनाका कारण मतगणनाको मिति तय हुन सकेको थिएन । उच्चअदालत जनकपुरको इजलास नं. २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ७ कात्तिक २०७८ बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार