Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशले जबराले भने– हमाललाई मन्त्री नबनाइदिन मैले नै भनेको हुँ


    आइतबार, कार्तिक ७ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

    ‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन । भेटेको छैन । बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भने ।

    प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो । हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन सिदन नपुग्दै उनले पदबाट राजीनामा दिएका थिए । अहिले उद्योग मन्त्रालय खाली छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार