दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् ।
‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने ।
शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ।
केही वडामा अधिवेशन सम्पन्न
नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये केही वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार गरिएको र बाँकीमा गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए ।
शैल्यशिखर नगरपालिका–६ को वडा अधिवेशनबाट सुरेन्द्रराज विष्ट अध्यक्ष तथा रमेश सिंह धामी सचिव रहने गरी ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
शैल्यशिखर नगरपालिका–७ को वडा अधिवेशनबाट नवराज भट्ट वडा कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य पुष्पराज जोशीले जानकारी दिए ।
मालिकार्जुन गाउँपालिका–१ को वडाकमिटी अध्यक्षमा रमेशसिंह बोहरा सर्वसम्मत चयन गरिएका छन् ।महाकालीनगरपालिका–२ मा अध्यक्षमा वीर सिंह डोबाल र सचिवमा शंकर सिंह डोबाल रहने गरि २७ सदस्यीय समिति गठन गरिएको छ ।
महाकाली नगरपालिका–३ मा बलदेव सिंह महर अध्यक्ष रहने गरी ३१ सदस्यीय, वडा नम्बर ९ मा कृष्ण सामन्त अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरिएको छ भने वडा नम्बर ७ मा किसन रैखोला अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरिएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए ।
महाकाली नगरपालिका–८ मा भवानसिह धामी अध्यक्ष, देव सिंह विष्ट उपाध्यक्ष तथा जगत सिंह साउँद सचिव रहने गरी २१ सदस्यीय समिति गठन गरिएको छ ।
ब्यास गाउँपालिका–६ मा प्रमानन्द भट्ट अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमालेका जिल्ला सदस्य एवं ब्यास गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले जानकारी दिए । दुहुँ गाउँपालिका–१ को वडा कमिटी अध्यक्षमा मदन सिंह भण्डारीलाई चयन गरिएको छ ।
मार्मा गाउँपालिका–१ को वडा अधिवेशनले रिउले धामी अध्यक्ष, तथा पूर्ण बोहरा सचिव रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
नौगाड गाउँपालिका–५ को वडाअधिवेशनबाट ५ जना पदाधिकारीसहित ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको जनाएको छ । अंगवीर सिह धामी अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।
लेकम गाउँपालिका–३ मा रमेशप्रसाद भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ । वडा नम्बर ४ मा डम्बरबहादुर पालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरिएको छ । वडा नम्बर ५ मा केशवदत्त जोशीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend