Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाको विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, सात घाइते


    आइतबार, कार्तिक ७ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । 

    घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको जनाइएको छ । घटनामा अतिवादीको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    गोली लागेका सातै जनाको अवस्था स्थिर रहेको छ । प्रहरीले आक्रमणकारीको खोजी तीब्र पारेको छ । गोली कान्डपछि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार