Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इंग्ल्याण्डले पहिलोपटक वेस्ट इन्डिजलाई हरायो


    आइतबार, कार्तिक ७ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।

    वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहँदै २४ रन बनाए । 

    वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।

    यससँगै इंग्ल्यान्डले पहिलो पटक टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ ।

    जितसँगै सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले २ अंक जोडेको छ । वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार