काठमाडौँ, २१ जेठ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले लामो समयदेखि जारी रहेको लकडाउनका कारण नेपालमा रोगभन्दा पनि भोकले मानिस मर्ने बताएका छन्।
बुधबार प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मुख्यमन्त्री राउतले लकडाउनका कारण काम गर्न नसकेका गरिब तथा विपन्नहरु भोकले मर्न सक्ने बताए।
मुख्यमन्त्री राउतले स्थानीय तहहरुले बनाएका क्वारेन्टिनमा भारतसहित विभिन्न ठाउँबाट आएर बसेका व्यक्तिहरु थुनुवाको रुपमा जीवन बिताउन बाध्य रहेको बताए।
उनले स्थानीय तहहरुले बनाएको क्वारेन्टिन नभई कोरोना सार्ने थलोको रुपमा देखिएको आरोप समेत लगाए। बैठकमा उनले भने, ‘गाउँपालिका, नगरपालिकाले जुन किसिमको क्वारेन्टाइन बनाएका छन् त्यो डब्लुएचओको मापदण्ड अनुसारका होइनन् ती क्वारेन्टिन कोरोना सार्ने स्थान बन्दै छन्।’
अहिलेको अवस्थामा तीनै तहको सरकारमा समन्वय र सहकार्यको आवश्यकता रहेको भन्दै मुख्यमन्त्री राउतले बाहिरबाट आएकालाई कसरी सुरक्षित राख्ने त्यसको प्रबन्ध गर्नु पर्ने आवश्यकता रहेकामा त्यस्तो हुन नसकेको बताए।
उनले संघले अहिलेको अवस्थामा अभिभावकको रुपमा निर्वाह गर्नुपर्ने भूमिका गर्न नसकेको आरोप लगाए। रासस
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend