काठमाडौँ, २१ जेठ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले लामो समयदेखि जारी रहेको लकडाउनका कारण नेपालमा रोगभन्दा पनि भोकले मानिस मर्ने बताएका छन्।
बुधबार प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मुख्यमन्त्री राउतले लकडाउनका कारण काम गर्न नसकेका गरिब तथा विपन्नहरु भोकले मर्न सक्ने बताए।
मुख्यमन्त्री राउतले स्थानीय तहहरुले बनाएका क्वारेन्टिनमा भारतसहित विभिन्न ठाउँबाट आएर बसेका व्यक्तिहरु थुनुवाको रुपमा जीवन बिताउन बाध्य रहेको बताए।
उनले स्थानीय तहहरुले बनाएको क्वारेन्टिन नभई कोरोना सार्ने थलोको रुपमा देखिएको आरोप समेत लगाए। बैठकमा उनले भने, ‘गाउँपालिका, नगरपालिकाले जुन किसिमको क्वारेन्टाइन बनाएका छन् त्यो डब्लुएचओको मापदण्ड अनुसारका होइनन् ती क्वारेन्टिन कोरोना सार्ने स्थान बन्दै छन्।’
अहिलेको अवस्थामा तीनै तहको सरकारमा समन्वय र सहकार्यको आवश्यकता रहेको भन्दै मुख्यमन्त्री राउतले बाहिरबाट आएकालाई कसरी सुरक्षित राख्ने त्यसको प्रबन्ध गर्नु पर्ने आवश्यकता रहेकामा त्यस्तो हुन नसकेको बताए।
उनले संघले अहिलेको अवस्थामा अभिभावकको रुपमा निर्वाह गर्नुपर्ने भूमिका गर्न नसकेको आरोप लगाए। रासस
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend