Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु


    शनिबार, कार्तिक ६ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा थप ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा थप ५ सय १३ जना संक्रमित थपिएका हुन्।

    मन्त्रालयका अनुसार ४ हजार ९ सय ७२ जनाको पिसिआर परीक्षण र १ हजार ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
    नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ८ सय १७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। आज  उपत्यकामा २ सय १३ कोरोना संक्रमित  थपिएका छन्। जसमध्ये काठमाडौंमा १ सय ५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार