पोखरा।नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो ।
उपचार पछि पोखरा फर्किएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिए । त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ ।
बैठकमा सहभागी भएपनि कांग्रेसतर्फका वडाध्यक्षहरुले उपस्थितिमा हस्ताक्षर गरेनन् । बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफुखुसी निर्णय लेखिएको भन्दै हस्ताक्षर नगरेको हो । यसअघि धेरै पटक बैठकले दिएको सुझाव भन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताए ।
‘एजेण्डामा हामीले सुझाव दिन्छौं । कार्यपालिका सदस्यहरुको सुझावको सुनुवाइ हुँदैन । महानगरले एकलौटी रुपमा निर्णय लेखेर हाम्रो हस्ताक्षर दुरुपयोग भयो,’ उनले भने, ‘अब निर्णय पुस्तिकामा लेखिएको निर्णय हेरेर मात्रै हस्ताक्षर गर्ने भनेका छौं । हामीले भने अनुसारको सुझाव लिखित रुपमा नआए हस्ताक्षर गर्दैनौं ।’ आफुहरुले विश्वास गरेर हस्ताक्षर गरेपनि त्यसको दुरुपयोग गरेको उनको आरोप छ ।
उनीहरुले महानगरले बैठकअघि समयमा एजेण्डा पनि नदिएको आरोप लगाएका छन् । ‘एजेण्डा बैठकको अघिल्लो दिन मात्रै आउँछ । अध्ययन र आन्तरिक रुपमा छलफल गर्ने समय पनि हुँदैन,’ अर्का वडाध्यक्ष शंकर बास्तोलाले भने, ‘समयमा एजेण्डा नपाए बैठकमा गएर के बोल्ने ? के सुझाव दिने ?’ बैठककै समयमा पनि कांग्रेस तर्फका ११ वडाध्यक्षहरुले विरोध जनाएका थिए ।
बैठकले ल्याण्डफिल साइट सार्नेदेखि उपचाररत मेयर जिसीको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ । जिसीको उपचारमा थप २० लाख उपलब्ध गराउने निर्णय भएको नगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । यसअघि पनि १० लाख निकासा दिइसकिएको छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend