Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनको मोडालिटीबारे प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्ने


    बुधबार, जेष्ठ २१ २०७७
    1.5K
    Shares
  • १ मिनेट पाठ
  •  

    काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल सुरु गर्न लागेका छन् । 

    उनले प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना भाइरस रोकथामका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे छलफल गर्न लागेका हुन्।

    प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद, योजनाविद, नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बालुवाटार बोलाइएको छ ।

    मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बोलाइएको थापाले जानकारी दिए । छलफल दिउँसो ४ बजेका लागि तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार