Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल इण्डोसियासँग २-० ले पराजित


    शुक्रबार, कार्तिक ५ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ । 

    ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो । 

    इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए ।

    नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

    इन्डोनेसियाविरुद्ध नेपाली टोली सुरुवाती ११

    गोलरक्षक- अर्पण कार्की (कप्तान)
    डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ
    मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी
    स्ट्राइकर- अभिषेक रिजाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार