काठमाडौँ, २१ जेठ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आफ्ना दुई जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि आकस्मिकलगायत सम्पूर्ण सेवा स्थगित गरेको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं मेडिकल कलेजका चार जनामा संक्रमण देखिएको पुष्टि गरेका थिए। अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै चार जनामध्ये दुई जना आफ्ना स्वास्थ्यकर्मी र दुई जना अस्पतालमा आएका बिरामी रहेको जनाएको छ।
‘दुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाल यस अस्पतालबाट प्रभाहरत आकस्मिक लगायतका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।