काठमाडौं । विगत केही दिनदेखि लगातार परेको वर्षाका र वाढी पहिरोका कारण देश भर भएको धनजनको क्षति प्रति अखिल नेपाल महिला संघ (समाजवादी) ले तत्काल पीडतको तत्काल उद्धार गरी राहतमा जुट्न सरकारलाई आग्रह गरेको छ ।
संघको उपाध्याक्ष सावित्रा भुसालले एक विज्ञप्ती जारी गर्दे वर्षाका कारण देशका विभिन्न स्थानमा वाढी, पहिरो, डुवान, कटानका कारणन जनजिनि अस्तव्यस्त हुनका साथै ठूलो मानविय क्षति भएकाले तत्काल पीडतको तत्काल उद्धार गरी राहतमा जुट्न सरकारलाई आग्रह गरेकी हुन् ।
वेमौसमी वर्षाका कारण नेपालको मुख्य वाली धानमा क्षति, काटेको धान डुवानले नास हुनका साथै अन्य अन्न वालीमा समेत नोक्सामनी पुर्याएकाे र पशुपालन कृषी उत्पादन फर्म, पशुपालनमा समेत पुगेको क्षति प्रति दुख लागेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
यस विपदको समयमा तत्काल उद्धार र राहतमा जुट्न संका सम्पूर्ण नेता कतार्यकर्ता तथा आम समुदायमा संघले अपिल गरेको छ ।
यसका साथै विपदबाट भएको सम्पूर्ण क्षतिको मूल्यांकन गरी जनताको खाद्य सम्प्रभूताको हक र आवासको हक सुनिश्चित गर्न संघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
विपदका कारण जोखिममा परेका जनताको तत्काल उद्धार, राहत र पुनः स्थापनाका समयमा नवजात शिशु, वालवालिका, गर्भवती एवं सुत्केरी महिला, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि विषेश संवेदनशिल भएर काम गर्न संघले विज्ञप्ती मार्फत जोडदार माग गरेको छ ।