Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढ्यो


    शुक्रबार, कार्तिक ५ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँदिल्ली। भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ । भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो ।

    यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ ।

    सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो । यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र  ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार