Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपमेयर महिला कप : आज तीन खेल हुँदै


    शुक्रबार, कार्तिक ५ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज शुक्रबार तीन खेल हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनकाे पहिलो खेल बिहान ९ बजे समूह ‘सी’ को भक्तपुर नगरपालिका र बासगढी नगरपालिकाबीच हुनेछ । 

    दोस्रो खेलमा समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १२ बजे हुनेछ । आजकाे अन्तिम तथा तेस्रो खेलमा दिउँसो ३ बजे समूह ‘इ’ को सिमकोट नगरपालिका र काठमाडौ महानगरपालिका भिड्नेछन् । 

    तीनै टोलीको प्रतियोगितामा यो पहिलो खेल हुनेछ  । प्रतियाेगिता एन्फा मुख्यालयमा भइरहेकाे छ ।

    बिहीबार प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ को बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९-० ले हराएकाे थियाे । जितसँगै बागमतीले तीन अंक जोड्यो । अर्को खेलमा कनकाइ नगरपालिकाले गोदावरी नगरपालिकालाई १२-० ले हराउँदै तीन अंक जोड्यो ।

    समूह ‘बी’ को कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०-० ले हराएकाे थियाे । राष्ट्रिय टोलीका चार खेलाडी सम्मिलित कालिकाले जितसँगै तीन अंक जोड्यो ।

    प्रतियोगितामा सहभागी  ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चार टिम र अन्य समूहमा तीन- तीन टिम छन् । 

    प्रतियोगिताको विजेता र उपविजेता टोलिले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार