Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु


    बुधबार, कार्तिक ३ २०७८
    315
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो । 

    उनले मोबाइल चार्ज गर्दै  कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो । जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । 

    उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । 

    कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार