Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंककाे २४ घण्टे अल्टिमेटम


    बुधबार, कार्तिक ३ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै व्याजदर परिवर्तन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

    बैंकहरुले मनपरी ब्याजदर बढाएर मुद्दतीमा १० प्रतिशत भन्दा बढी पुर्याएपछि  राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हाे ।

    इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले उप बुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    जारी निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाइने उल्लेख छ ।

    Nepal-Tastra-Bank-Nirdeshan-1-1187x1536.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार