Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २ मा थप १२० मा कोरोना भाइरसका नयाँ संक्रमित फेला


    मंगलबार, जेष्ठ २० २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौँ, २० जेठ । एकैदिनमा प्रदेश २ मा थप १२० मा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर दुईका स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर विजय झाका अनुसार धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

    उनका अनुसार रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित भेटिएका हुन्।पछिल्लो समय प्रदेश २ मा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएको छ। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ।

    आज ठूलो संख्यामा प्रदेश २ मा कोरोना संक्रमित भेटिएका छन्,’ प्रवक्ता झाले भने,‘हामी अहिले जिल्लागत र महिला पुरूष गरेर संख्या अहिले छुट्टयाउँदै छौं।’

    यसअघि सोमबारमात्रै प्रदेश २ मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार