Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्याम्पियन्स लिग: मेस्सीको दुई गोलको मद्दतमा पिएसजीको सहज जित


    बुधबार, कार्तिक ३ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ । 

    मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको छ ।

    टोली २-१ ले पछि पर्दा मेस्सीले २ गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । यस्तै युवा फरवार्ड केलीयन एमबाप्पेले १ गोल गरे । पराजित लाइप्जिगको लागि आन्द्रे सिल्भा र नोर्दिक मुकिएलेले १/१ गोल गरे ।

    खेलको नवौं मिनेटमा एमबाप्पेले काउन्टर मुभमा उत्कृष्ट फिनिस गरेका थिए । तर २८ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ५७ औं मिनेटमा नोर्दिक मुकिएलेले गोल गर्दै पाहुना टोलीलाई २-१ ले अघि बढाए । 

    यसपछि यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस झरेका मेस्सीले खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुन: २/२ को बराबर ल्याए । 

    ७४ औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गर्दै टोलीलाई ३-२ को पुनरागमन जित दिलाए । पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्‍यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बाप्पेलाई दिए । एमबाप्पेको पेनाल्टी प्रहार बाहिरिदा पिएसजीले अग्रता बढाउन सकेन ।

    समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५-१ ले हरायो । 

    यस जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ । टोलीको ३ खेलमा ७ अंक छ । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइप्जिग भने ३ खेलमा अंकविहीन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार