Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाकालीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार


    मंगलबार, कार्तिक २ २०७८
    410
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कंचनपुरको भीमदत्त नगरपालिका- ९ मुसेट्टीमा महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

    मौसममा समस्या हुँदा दुई पटक फर्किएको हेलिकोप्टरले तेस्रो पटक उनीहरूको उद्धार गरेको हो । प्रदेश सरकारको समन्वयमा सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्डको हेलिकोप्टरले उनीहरूको उद्दार गरेको हो ।

    कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका- ९ मुसेट्टीका एकै परिवारका पाँच जना महाकालीमा पानीको बहाव बढेपछि सोमबार रातिदेखि फसेका थिए । टापुमा फस्नेमा ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्का रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार