Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम सरकारले ९ वटै जिल्लालाई तत्काल २५-२५ लाख उपलब्ध गराउने


    मंगलबार, कार्तिक २ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५/२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले भनिन्, ‘क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने नै छ । तत्कालका लागि सबै जिल्लालाई २५/२५ लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।’

    प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहत उपलब्ध गराउन सो बजेट प्रयोग गर्न सकिने मन्त्री जोशीले बताइन् । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा हुनेछ ।

    यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ । मोहन जोशी/न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार