Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो


    मंगलबार, कार्तिक २ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ ।

    आजको यस सेसनमा नेप्से सूचक शून्य दशमलव १८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक दुई हजार पाँच सय ८८ दशमलव २४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ अंकले घटेको छ।

    १३ कम्पनीको नौ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६८ दशमलव ९० अंक घटेर दुई पाँच सय ८८ दशमलव सात विन्दुमा बन्द भएको थियो । सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको भाउ बढेको छ भने चार कम्पनीको घटेको छ । बाँकी कम्पनीको मुल्य स्थिर रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार