Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोले सडक अबरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटक दुई दिनदेखि अलपत्र


    मंगलबार, कार्तिक २ २०७८
    420
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् । 

    निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडकखण्ड २४ घण्टादेखि अवरुद्ध छ । स्थानीय बसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ । गाईघाट, बैकुण्ठे भीर,हात्ति ढुङगालगायतका ठाउँमा पहिरो गएको हो । 

    तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए । एक दुई घण्टाभित्र पहिरो हटाउन सकिने उनले बताए । 

    प्रेमको प्रतिक रानीमहल घुम्न दसैलगत्तै पाल्पा सहित छिमेकी जिल्लाहरुः गुल्मी, स्याङजा, पर्वत, बाग्लुङ, काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तुबाट पर्यटक जान्छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार