Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुबालाई खुकुरी हानेर छोरा फरार


    मंगलबार, कार्तिक २ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी। गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् ।

    धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए । 

    खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए । सामान्य घरयासी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ । घटनाका आरोपितको खोजी कार्य जारी छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार