Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तर्राष्ट्रिय समुदायको चेतावनीपछि म्यानमारका सेना प्रमुखले गरे साँढे पाँच हजार बन्दी रिहा गर्ने घोषणा


    मंगलबार, कार्तिक २ २०७८
    335
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्यानमार।म्यान्मारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो ।

    फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि हजारौं व्यक्ति पक्राउ परेका थिए । सरकारको बिरोधमा प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि सेनाको कारबाहीमा सयौंको मृत्यु भइसकेको छ ।

    जनवरीमा निर्वाचित सरकारलाई कु गरी सेनाले सत्ता हातमा लिएपछि भएको दमनमा कम्तीमा १२ सय जनाको मृत्यु भएको र साढे सात हजार  पक्राउ परेका मानवअधिकारबादी समूहले जनाएका छन् ।

    सैन्य नेता जनरल मिन ओङले ५ हजार ६ सय ३६ बन्दी रिहा गरिने बताए । बर्मामा जारी राजनीतिक संकट अन्त्य गर्न पर्याप्त कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले सरकारको आलोचना गरिरहेका बेला सरकारले केही बन्दी रिहा गर्ने घोषणा गरेको हो ।

    केही दिनअघि मात्र दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान)ले आगामी साता हुन लागेको सम्मेलनमा जनरल मिनलाई बहिस्कार गर्ने निर्णय गरेको थियो ।  

    एउटा टेलिभिजन सम्बोधनमा सेना प्रमुखले सैन्य नेताहरू शान्ति र प्रजातन्त्रका निम्ति प्रतिबद्ध भएको दाबी गरे । प्रजातन्त्र पुर्नस्थापन गर्न सरकारले पाँच चरणको योजना ल्याउने उनले बताए ।

    म्यानमारमा बर्षैंदेखि अशान्ति छ । त्यहाँका अल्पसंंख्यक मुस्लिम रोहिंज्याँ र बौद्ध धर्मालम्बीबीचको द्वन्द्वकाको चपेटामा सर्वसाधरण परेका छन् । सेनाको दमनका कारण लाखौ मुस्लिम रोहिंज्याँ बंगलादेशमा बिस्थापित छन् ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार